मधेश प्रदेश

    सिरहाको मिर्चैयामा मधेसका मुख्यमन्त्री सिंहको अनुगमन, हस्पिटलका दुईजना पक्राउ

    नवलपुर टुडे
    २०८१ चैत्र १७ | बिहान ११:१२ बजे

      सिरहा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्व–पश्चिम राजमार्ग केन्द्रित होटलको अनुगमन गरेका छन् । अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन पाईएको छ ।  

      सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ जनालाई गरिएको छ । अनुगमन टोली देखेपछि अस्पताल भर्ना भएका बिरामी छोडेर उनीहरू भागेका थिए ।

      यसैगरी, अनुगमन टोलीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मुङ्गेरिया स्वीट्स एन्ड चाट हाउस सिल गरेको छ । अखाद्य तथा कुहिएका वस्तु प्रयोग गरिएको र जथाभावी फोहरमैला भेटिएपछि चाट हाउस गरिएको हो । 

       

        कमेन्टहरु