देश

    शुक्रवारको घटनाको सत्यतथ्य छानविन गर्न गृहलाई निर्देशन

    नवलपुर टुडे
    २०८१ चैत्र १६ | बिहान ०६:१२ बजे

      काठमाडौँ । राजावादीको आन्दोलनका क्रममा शुक्रवार भएको तोडफोड, लुटपाट र आगजनीको सत्य तथ्य छानबिन र दोषीलाई कारबाही गर्न मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयलार्ई निर्देशन दिएको छ । 

      शुक्रवार साँझ बसेको आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो । साथै घटनाको छानबिन गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको बैठकपछि सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

      बैठकले राजावादीहरूले आतङ्क फैलाएको, घरभित्र मानिस रहेको अवस्थामा ढुंगामुढा गर्ने तथा मानिसको ज्यान जाने अमानवीय र गैह्रकानुनी काम गरेको ठहर गरेको छ ।

        कमेन्टहरु