देश

    देशभर आज बकर इदको सार्वजनिक बिदा

    जगत ठाडा मगर
    २०७८ साउन ६ | बिहान ०८:०४ बजे

      काठमाडौं । सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ ।

      गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

      साउन ४ को मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

        कमेन्टहरु