अर्थ

    सुनको मूल्य १ हजार ४ सय रुपैयाँ बढ्यो

    नवलपुर टुडे
    २०८१ चैत्र १५ | बिहान ११:१२ बजे

      काठमाडौँ । सुनको मूल्य १ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रवारको लागि तोकेको मूल्य अनुसार सुनको मूल्य बढेर प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँ पुगेको हो । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ८०० रुपैयाँ रहेको थियो ।

      त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । योसँगै चाँदी प्रतितोला २ हजार ४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन यो मूल्य २ हजार २० रुपैयाँ रहेको थियो । सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

        कमेन्टहरु