बजार/ब्यबसाय

    सुनको मूल्य १३ सय रुपैयाँले बढ्यो

    नवलपुर टुडे
    २०८१ चैत्र १४ | मध्यान्ह १२:१२ बजे

      काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँ बढेको छ ।

      नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

      आज चाँदी प्रतितोला ३० रुपैयाँ बढेर दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

        कमेन्टहरु