समाचार

    कुलमानलाई हटाउने निर्णयविरुद्ध रास्वपा उत्रियो प्रदर्शनमा

    नवलपुर टुडे
    २०८१ चैत्र १२ | मध्यान्ह ०६:१२ बजे

      काठमाडौं । सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कार्यकाल बाँकी छँदै कुलमान घिसिङलाई हटाएको विरोधमा नयाँ बानेश्वरमा भएको प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि मिसिएको छ ।

      राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ, केन्द्रीय सदस्य गणेश कार्कीलगायतका युवाहरुले कुलमानको बर्खास्तीको चर्को विरोध गरेका छन् । उनीहरुले ‘काम गर्न दे सरकार’, ‘नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको थियो । उता कुलमानले भने सरकारको निर्णयविरुद्ध अदालत जाने तयारीमा छन् ।

       

        कमेन्टहरु