मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश, सूचना / प्रबिधि

    विज्ञान तथा सूचना प्रविधि विभाग सदस्यमा बाजुराबाट सार्की मनोनीत

    उमेश रोकाया
    २०८१ चैत्र १२ | बिहान ०३:१२ बजे

      बाजुरा , चैत १२ । नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा सदस्यमा बाजुराबाट शेर बहादुर सार्की मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम दश जना सदस्य मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयाे ।

      उहाँले भन्नुभयो, “ याे विभागको प्रमुखमा नेपाली काँग्रेस पार्टीका केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट रहनु भएकाे छ । मिश्र भट्टले पार्टीकाे विभागकाे सदस्यमा मनाेनीत भएका सबै सदस्यहरुले  इमान्दारी पुर्वक काम गर्न बताउनुभयाे ।”

      सदस्य मनाेनीत भइसकेकाेले केही समयपछि विभागकाे बैठक बसाल्ने र साेही बैठकमा नियुक्ती पत्र बुझाउने तथा अावश्यक छलफल गरिने विभाग प्रमुख मिश्र भट्टले बताउनुभयाे ।

        कमेन्टहरु