देश

    कालोपुलमा चल्यो काठमाडौं महानगरको डोजर

    नवलपुर टुडे
    २०८१ चैत्र ११ | मध्यान्ह ०३:१२ बजे

      काठमाडौं । काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा गुठीको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाएको छ । काठमाडौं महानगरपालिका र गुठी संस्थानको समन्वयमा उक्त संरचनामा डोजर चलाइएको हो ।

      उक्त क्षेत्रमा आफ्नो जग्गा अतिक्रमण गरेर संरचना निर्माण भएका गुठी संस्थानले जनाएको छ । गुठी संस्थानका प्रवक्ता हरिप्रसाद सुवेदीका अनुसार धेरै पहिलादेखि नै त्यहाँको गुठीको जग्गा अतिक्रमण गरेर संरचना निर्माण भएका थिए ।

      सोही संरचनामा सोमबार महानगरपालिकासँगको समन्वयमा डोजर चलाइएको हो । ‘गुठी संस्थान मातहतको जग्गा हो । त्यहाँ अतिक्रमण भएको थियो,’ सुवेदीले भने, ‘अहिले चाहिँ गुठी संस्थान र महानगरको सहकार्यमा अतिक्रमण ठाउँमा डोजर चलाएको हो ।’

        कमेन्टहरु