घटना

    जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु

    दिप्शन गुरुङ
    २०८१ चैत्र ६ | बिहान ०९:१२ बजे

      सुर्खेत । जाजरकोटमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । बारेकोट गाउँपालिका–३ स्थित पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको हो ।

      मंगलबार घर नजिकैको जंगलमा बाख्रा चराउने क्रममा उनी लडेर घाइते भएका थिए । 

      उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिए । 

        कमेन्टहरु