अर्थ

    सुनको तोलामा १ लाख ७६ हजार रुपैयाँ पुग्यो

    नवलपुर टुडे
    २०८१ चैत्र ६ | बिहान १०:१२ बजे

      काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ७६ रुपैयाँ पुगेको छ ।

      मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको हो । जुन मूल्य हालसम्मकै उच्च हो । महासंघका अनुसार बुधबार १० ग्राम छापावाल सुनकै मूल्य १ लाख ५० हजार ८९० रुपैयाँ कायम भएको छ । 

      यस्तै चाँदीको मूल्य भने सामान्य घटेको छ । मंगलबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार मात्र ५ रुपैयाँ घटेर २ हजार ४५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ । 

        कमेन्टहरु