गण्डकी प्रदेश

    तनहुँमा च्याउ खाँदा बिरामी परेका १० जनामध्ये एक जनाको मृत्यु

    नवलपुर टुडे
    २०८१ चैत्र ५ | बिहान ०६:१२ बजे

      तनहुँ ।  व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ ।

      म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

      उनका अनुसार बिरामी परेका नौ जनाको अवस्था खतरामुक्त छ । बारीमा उम्रिएको च्याउ खाँदा गएको शुक्रबार १० जना बिरामी परेका थिए । 

       

        कमेन्टहरु