मौसम

    आज वर्षा, हिमपातदेखि हावाहुरीसम्मको सम्भावना

    नवलपुर टुडे
    २०८१ चैत्र ५ | बिहान ०६:१२ बजे

      काठमाडौँ । देशमा पश्चिमी  वायुको साथै स्थानीय वायुको समेत आंशिक  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस र  बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

      दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी र  मधेस प्रदेशका थोरै  स्थानहरूमा हावाहुरीको समेत चल्ने सम्भावना रहेको छ । 

      आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।

      र उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुको साथै अपराह्नको समयमा कोशी र  मधेस प्रदेशका थोरै  स्थानहरूमा हावाहुरीको समेत चल्ने सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

       

        कमेन्टहरु