अपराध

    नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका झा र पाण्डेको निवेदन खारेज

    नवलपुर टुडे
    २०८१ चैत्र ४ | मध्यान्ह ०७:१२ बजे

      काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्ष थुनामा रहेकाका पूर्वगृहसचिव टेकनारायण पाण्डे र अर्का प्रतिवादी बेचन झाको बन्दीप्रत्यक्षीकरण निवेदन खारेज भएको छ।

      जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्ष थुनालाई गैरकानुनी भन्दै पाण्डेकी श्रीमती मञ्जु पाण्डे सर्वोच्च गएकी थिइन्। सोमबार न्यायाधीशद्वय कुमार चुडाल र महेश शर्मा पौडेलको इजलासले माग बमोजिमको आदेश जारी गर्न अस्वीकार गरेको हो।

      त्यस्तै र झाले दायर गरेको बन्दीको निवेदन पनि न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसलमानको संयुक्त इजलासले सोमबार नै खारेज गरेको छ।

        कमेन्टहरु