राजनीति

    कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

    नवलपुर टुडे
    २०८१ चैत्र ४ | मध्यान्ह ०३:१२ बजे

      काठमाडौं, चैत ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

      भोलि दिउँसो २ बजे सभापतिको निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाइएको सहमहामन्त्री महेन्द्र यादवले नेपाल प्रेसलाई बताए ।

      उनका अनुसार बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनको प्रभावकारितालगायतको विषयमा छलफल हुनेछ ।

        कमेन्टहरु