प्रबास

    मलेसियामा कम्पनीको लापरबाहीले नेपाली श्रमिकको मृत्यु, श्रमिकहरुले गरे हडताल, राजदुतावास मौन

    रामजी प्रजापती
    २०८१ चैत्र १ | मध्यान्ह ०९:१२ बजे
    {"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":[],"tools_used":{"transform":1,"square_fit":1,"effects":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

      मलेसिया । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियाको (formosa prosonic) कम्पनीमा काम गर्दै आएका धनुषा जिल्ला निवासी सन्तोष कुमार यादव नेपाली श्रमिकको मृत्यु भएको सोही कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुले जानकारी दिएका छन ।

      नाम नखुलाउने सर्तमा एक नेपालीले भने अनुसार, “लामो समयदेखि कम्पनीभित्र रहेको एक मेसिनमा प्राबिधिक कारणले बिग्रेको अवस्थामा रहेका थिए, कम्पनीलाई बारम्बार मर्मत गर्न बनाउन भन्दा पनि बेवास्ता गर्ने गरेकोले आज अकालमै हाम्रो सहकर्मी साथीले ज्यान गुमाउनुपरेको दुखेसो पोखे ।”

      करेन्ट लागेर मृत्यु भएको घटनाबारे छानबिन गर्न स्थानीय प्रहरी प्रशासन आएको छ्, तर हाम्रो मलेसियास्थित नेपाली राजदूतावासबाट कुनै पनि प्रतिनिधि नआएको र सरकारी निकायबाट यस्तो बेवास्ताको कार्य सरासर दूतावासको लापरबाही भएको कम्पनीमा कार्यरत नेपालीहरुले गुनासो पोखे ।

      उता नेपालमा आज फागु पुर्णिामा अर्थात होलीको दिन परेकोले सार्वजनिक विदाको अवसरमा मलेसियास्थित नेपाली राजदूतावासको कार्यालय बन्द रहेको छ ।

      कम्पनीमा काम गर्ने अन्य सबै नेपाली लगायतका कामदारहरुले आज बिहानैदेखि घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, आवश्यक क्षतिपुर्ती दिनुपर्ने लगायतको माग राखी आ-आफ्नो काम छाडेर आम हडताल गरिरहेको छ ।

      सहकर्मीको मृत्यु पछि काम छोडेर हडतालमा नेपाली श्रमिकहरु

      Messenger creation C19E2445 80BA 482E 97AC 867DEC4E2588

       

       

        कमेन्टहरु