धर्म–संस्कृति/रीतिथिति

    कपिलवस्तुसहित तराईका जिल्लामा आज धुमधामका साथ होली मनाइँदै

    धर्मेन्द्र कुमार कुर्मी
    २०८१ चैत्र १ | बिहान ०९:१२ बजे

      कपिलवस्तु । रंगहरूको पर्व फागु पूर्णिमा (होली) कपिलवस्तु लगायत तराई तथा लुम्बिनीमा जिल्लाहरूमा आज हर्साोलासपूर्वक मनाइँदै छ । भौगोलिक संरचना र मान्यता अनुरूप फागु पूर्णिमा मनाउने चलन छ । पहाडी जिल्लामा बिहिबार नै फागु पूर्णिमा मनाइएको छ ।

      तराईका जिल्लाहरूमा भने आज होली मनाइँदै छ । स्थानअनुसार मनाइने फागु पुर्णिमाको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेगमा ‘फागु’ र लुम्बिनीमा ‘होली’ भनिन्छ । अवधी भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भानिन्छ ।

      तराई–।लुम्बिनीको अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन को राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रशरङ्गले तरङ्गीत तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्व पनि हो ।

      photo 2025 03 14 09 53 23

      असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।

        कमेन्टहरु