देश

    आज पनि एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

    जगत ठाडा मगर
    २०७८ साउन ५ | बिहान ०८:०४ बजे

      काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (मंगलबार) दिउँसो तीन बजे बस्दैछ ।

      सोमबार शुरु भएको दशौं केन्द्रीय कमिटी बैठक आज पनि दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको कार्यालयमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

      सोमबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपाल लगायत २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोमबार सोधिएको स्पष्टीकरणबारे समेत आज निर्णय हुने तामाङले बताए ।

      यसबाहेक अबको विधान महाधिवेशनको तयारीका निम्ति समितिहरु घोषणा हुने सम्भावना रहेको तामाङले बताए ।

        कमेन्टहरु