राजनीति

    भोलिको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने

    नवलपुर टुडे
    २०८१ फाल्गुन २६ | मध्यान्ह ०५:११ बजे

      काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

      सोमबार प्रमुख सचेतकहरूको बैठकमा मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले बोल्ने समयबारे छलफल भएको थियो ।

      सोही अनुसार समय निर्धारण गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेताले भोलि समय माग्नुभएको छ ।

      भोलिको प्रतिनिधि बोल्ने गरी समय निर्धारण भएको छ,’ बर्तौलाको भनाइ छ ।

       

        कमेन्टहरु