देश

    काठमाडौँमा भूकम्पको धक्का महसुस

    नवलपुर टुडे
    २०८१ फाल्गुन २४ | मध्यान्ह ०३:११ बजे

      काठमाडौँ, फागुन २४ । काठमाडौँमा शनिबार भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प नेपालमा भने गएको होइन । ‘तिब्बतमा भूकम्प गएको हो । भूकम्पको तीव्रताबारे थप जानकारी आउन बाँकी रहेको छ,‘ केन्द्रको भनाइ छ ।

      भूकम्पको जानकारी राख्ने वेबसाइट ईएमएससी ईयूका अनुसार पश्चिमी सिजाङ भएर गएको भूकम्पको तीव्रता ५.१ म्याग्निच्युडको रहेको थियो । यसको केन्द्रबिन्दु नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तर पश्चिम रहेको थियो ।

      यसअघि पुस २३ मा तिब्बतको डिंग्री काउन्टीमा भूकम्प गएको थियो । अमेरिकी जियोलोकिल सर्भेअनुसार ७.१ म्याग्निच्युडको सो भूकम्पमा परी करिब ४ सय जनाको मृत्यु भएको थियो भने ३३८ जना घाइते भएका थिए ।

        कमेन्टहरु