समाचार

    अवैध रुपमा अमेरिका हिँडेका दाङका पूर्णबहादुरको घानामा मृत्यु

    नवलपुर टुडे
    २०८१ फाल्गुन २२ | मध्यान्ह ०६:११ बजे

      काठमाडौँ । अवैध रुपमा अमेरिका जान लागेका दाङका पूर्णबहादुर डाँगीको अफ्रिकी मुलुक घानामा मृत्यु भएको छ। गैरआवासीय नेपाली सङ्घका पूर्वकाषाध्यक्ष हिक्मत थापाले दिएको जानकारीअनुसार डाँगी दाङ शान्तिनगरका हुन्।

      उनी कुन वडाका भन्ने खुलाइएको छैन। थापाले सामाजिक सञ्जालामा लेख्दै भनेका छन्, ‘अवैध बाटोबाट मानव तस्करमार्फत अमेरिका जान हिँडेका दाङ, शान्तिनगरका पूर्णबहादुर डाँगीको घानामा मृत्यु भएको छ।’

      थापाले डाँगीको शव पोस्टमार्टम र अन्य प्रक्रियाका लागि आकरास्थित एक अस्पतालमा राखिएको जानकारी दिएका छन्। शान्तिनगर गाउँपालिका दाङमा अवैध रुपमा धेरै अमेरिका जाने पालिकामध्ये पर्छ।

        कमेन्टहरु