समाचार

    अभिनेत्री गौरी मल्ललाई मातृशोक

    नवलपुर टुडे
    २०८१ फाल्गुन २२ | मध्यान्ह ०३:११ बजे

      काठमाडौं, फागुन २२।  अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ । उनकी ८८ वर्षिया आमा हेमकुमारीको विहिबार दिउँसो उपचारको क्रममा गंगालाल अस्पतालमा निधन भएको छ ।

      हेमकुमारीको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्त्येष्टिको लागि लगिएको छ । उनको शवलाई अस्पतालबाट आर्यघाट लगिएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । अन्तिम श्रद्धाञ्जली दिन चलचित्र कलाकारहरू आर्यघाटमा पुग्ने क्रम जारी छ ।

      हेमकुमारीका २ सन्तान छन्, जसमध्ये गौरी जेठी हुन् ।

       

       
       

        कमेन्टहरु