अर्थ

    लगातार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    नवलपुर टुडे
    २०८१ फाल्गुन २२ | मध्यान्ह ०१:११ बजे

      काठमाडौं । लगातार तीन दिनदेखि नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। आज बिहीबार पनि सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो। यससँगै ३ दिनमा सुनको मूल्य २६ सय रुपैयाँले बढ्न पुगेको छ।

      नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोल ३०० रुपैयाँले बढेर १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार र बुधबार पनि सुनको भाउ क्रमशः प्रतितोला १४०० र ९०० रुपैयाँले बढेको थियो।

      आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १९ सय ८५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ तोलाको १९ सय ५० रुपैयाँ कायम रहेको थियो।

        कमेन्टहरु