देश

    अमेरिकाले चार्टर्ड विमानबाट फर्काएका नेपालीमाथि अनुसन्धान गर्दै प्रहरी

    नवलपुर टुडे
    २०८१ फाल्गुन २१ | मध्यान्ह ०२:११ बजे

      काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर नेपाल फर्काइएका ९ जनाबारे प्रहरीले अनुसन्धान थालेको छ । अमेरिकाबाट चार्टर्ड विमानमार्फत उनीहरूलाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओरालिएको थियो ।

      उनीहरूलाई अध्यागमन कार्यालयले प्रहरीलाई बुझाएसँगै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान थालेको हो ।

      प्रहरीले डिपोर्ट भएकाहरूबाट मानव तस्करी भए/नभएको विषयमा नयाँ तथ्य खुल्न सक्ने जनाएको छ । ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुवँरले उनीहरूविरुद्ध अन्य कसैको उजुरी रहेको/नरहेको पुष्टि गरेर छाडिने बताए ।

      अमेरिका बस्न कुनै वैध कागजात नभएपछि अमेरिकाले उनीहरूलाई फिर्ता गरेको ब्युरोले जनाएको छ ।

        कमेन्टहरु