अपराध

    रास्वपा सदस्य थापा अमेरिकी अध्यागमनको हिरासतमा

    नवलपुर टुडे
    २०८१ फाल्गुन १८ | मध्यान्ह ०५:११ बजे

      काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य मोहनजंग थापालाई अमेरिकी अध्यागमन कार्यालय (आईसीई)ले नियन्त्रणमा लिएको छ । उनी अमेरिकन इमिग्रेसनको हिरासतमा परेको सूचना प्राप्त भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

      उनका अनुसार, थापाले यसअघि नै केही व्यक्तिगत कानुनी प्रक्रिया स्पस्ट र समाधान गर्नु छ भनेर पार्टीमा जानकारी गराएका थिए ।

      उनले उक्त विषय किनारा नलागेसम्म आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन पार्टीमा निवेदन दिएर गएको झाले जानकारी गराएका छन् ।

      उनलाई करिब एक साताअघि फिलाडेलफिया अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको जनाइएको छ ।

       

       

        कमेन्टहरु