देश

    यसरी मनाइयो टुँडिखेलमा २६२ औं सेना दिवस(तस्वीरहरु)

    नवलपुर टुडे
    २०८१ फाल्गुन १४ | मध्यान्ह ०१:११ बजे

      काठमाडौं । नेपाली सेनाले विभिन्न कार्यक्रम गरी २६२ औं सेना दिवस मनाएको छ । सेना दिवसको अवसरमा बुधबार सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो । समारोहको प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी थिए । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थहरूको उपस्थिति रहेको थियो ।

      sena%20diwash5सो अवसरमा सैनिक मञ्चमा परेड, तोप बढाइ, कवाजलगायत विविध सांस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ ।

      sena%20diwashसो अवसरमा नेपाली सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गर्नाका साथै सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो । नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन भएको थियो। अपाङ्गता भएकालाई घरमै नागरिकता

      sena%20diwash3sena%20diwash2

       

        कमेन्टहरु