देश

    एमालेका उपाध्यक्ष भीम रावलले बिश्वासको मत दिनुभन्दा सांसदबाटै दिए राजीनामा

    जगत ठाडा मगर
    २०७८ साउन ३ | मध्यान्ह ०६:०४ बजे

      काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् ।

      रावलले भर्खरै संसद सचिवालयमा राजीनामा पत्र बुझाएर बाहिरिएका छन् । यस अघि आजै सिंहदरबारमा बसेको माधव नेपाल पक्षका सांसदहरुको बैठकमा रावलले राजीनामा दिने बताएको थियो ।

      रावलले पार्टी एकताका लागि नेतृत्व तहमा छलफल भैरहेका बेला प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनु गलत हुने भन्दै राजीनामाको निर्णयमा पुगेको बुझिएको छ । नेपाल समूहका अन्य सांसदहरु भने विश्वासको मतको पक्षमा रहेका छन् ।

      देउवालाई प्रधानमन्त्री दाबी गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको पत्र र सर्वोच्च अदालतको रिटमा भने रावलले पनि हस्ताक्षर गर्नुभएको थियो ।

        कमेन्टहरु