देश

    पर्साको विभिन्न नाका हुँदै तस्करी सुरू, सीमा नाकाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी मुखदर्शक

    जगत ठाडा मगर
    २०७८ साउन ३ | मध्यान्ह ०५:०४ बजे

      रंजित चौरसिय
      पर्सा, ३ श्रावण / पर्सा जिल्लाको विभिन्न नाका हुँदै तस्करी कार्य सुचारू भएपनी सीमा नाकाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी मुखदर्शक बन्न पुगेको छ । सीमा नाका हुँदै व्यापक रूपमा तस्करी कार्य सुचारू भएपनी मासिक लाखौको नजराना बुझे पश्चात् सशस्त्र प्रहरी मुखदर्शक बन्न पुगेको हो ।

      सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाको इशारामा सीमा नाका हुँदै व्यापक रूपमा तस्करी बढेको बताइन्छ । आफुलाइ ठूलो इमान्दारको रूपमा ठान्ने सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाको समयावधी पूरा हुन लागेको समयमा डिआइजी चन्द्रप्रकाश गौतमको नाममा समेत असुली र जिम्मेवारी लिदै सीमा नाकाबाट व्यापक रूपमा तस्करीको लाइन दिएको बताइन्छ । सीमा नजिकै रहेका पोस्ट कमान्डरलाई निर्देशन दिनुको साथै रकम समेत कमान्डरकै माध्यमले उठाउने गरेको रहस्य बाहिरीएको छ ।

      पर्सा जिल्लाको भिस्वा, झौवा, बिरगंज भन्सार, आइसिपी, भिखमपुर, सुवर्णपूर लगायतका ठाउहरूबाट तस्करीको लाइन सुचारू भएका छन । बिरगंज भन्सार हुँदै मुख्तार, दिपक, सुरेन्द्र, निरू लगायतका तस्कर समुहलाइ तस्करीको लाइन दिइएको छ भने झौवाबाट अशोक, मुकेश र अर्जुन भनिने तस्कर समुहलाइ तस्करीको लाइन दिइएको हो । त्यसैगरी भिस्वा नाका हुँदै शशीकान्त, मुन्नाको लाइन दिइएको छ भने भिखमपुर र सुवर्णपूरबाट महादेव भनिने तस्करलाई लाइन दिइएको हो । प्रत्येक तस्कर समूह सङ्ग सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले ३ देखि ५ लाखसम्म मासिक नजराना बुझने गरेको कारण तस्करी कार्य रोकिने सम्भावना नरहेको श्रोतको दाबी रहेको छ ।

      यता झौवा नाकामा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाको आदेश जानसाथ सशस्त्र प्रहरी नायब निरीक्षक इन्द्र बहादुर सापकोटाले ठूलो मात्रामा कपडा र चल्लाको लाइन सुचारू गराउन सफल भएका छन । आफ्नो हाकिमको आदेश आउनसाथ झौवा नाकाबाट दिनहु करीब ५० लाख भन्दा बढीको कपडा अबैध रूपले आयात हुन थालिएको छ । उक्त नाका हुँदै अशोक र मुकेश भनिने तस्कर समुहले कपडाको लाइन चलाउन जिम्मेवारी पाएका छन भने अर्जुन भनिने तस्करले चल्लाको लाइन चलाएको स्थानीयले बताएका छन । स्थानीयले दिएको जानकारी अनुसार प्रहरीलाई देशको मेरूदण्डको रूपमा मानिएपनी स्थानीय प्रहरी प्रशासनलाई पैसा दिए पश्चात् आफ्नो सीमा समेत बेच्न पछि नहटने गरेको यस तस्करी कार्यले पुष्ठि समेत गरिसकेको बताए । उहाले बोर्डर आउट पोस्ट इटियाहिमा सशस्त्र प्रहरी नायब निरीक्षक इन्द्र बहादुर सापकोटाको आग्मन सङ्गै तस्करीको लाइन सुचारू भएपनी पटक पटक सम्बन्धित निकाय मानिएका सशस्त्र प्रहरी बल नेपाल १३ नम्बरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकालाइ खबर गरेपनी केही वास्ता समेत नगरेको दुखेसो पोखे ।

      केही दिन अगाडी मात्रै तस्करीको लाइन चलाउनको निम्ति सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणमा पत्रकार र प्रहरी बिच भोजभतेर गरिएको बिषयमा समाचार समेत उजागर भएको थियो । समाचार बाहिर नआउने आश्वासन पछि पर्साको सीमा नाकाबाट तस्करी समेत सुचारू गरियो तर आफुलाइ ठूलो इमान्दार ठानिने सशस्त्र प्रहरीका डिआइजी चन्द्र प्रकाश गौतमको मौनताले कहि कतै संगठनकै नाम बदनाम गर्दै आर्थिक कमाइ गरेको बिषय तिर प्रश्न उठिरहेको छ । सीमा नाका सुरक्षाको लागि संगठनले डिआइजी नियुक्त गरिरहेपनी आफ्नै संगठनको धज्जी उडाउदै सीमा नाकाको सुरक्षा छोडी आफ्नो आर्थिक कमाइ धन्दामा उत्रिने गरेको यो घटनाले प्रमानित गरेको छ । तसर्थ : यइस बिषयमा सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आइजिपी शैलेन्द्र खनालको ध्यान जान अति अवाश्यक देखिन्छ ।

        कमेन्टहरु