देश

    अत्यधिक रक्तस्राव भएपछि सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

    रासस
    २०८१ फाल्गुन ११ | मध्यान्ह ०६:११ बजे

      अछाम । अत्यधिक रक्तस्राव भएपछि अछामबाट एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

      जिल्लाको कमलबजार नगरपालिका–८ निवासी ३५ वर्षीया रङ्गादेवी भण्डारीले बच्चा जन्माएको र रक्तस्राव नरोकिएपछि आज हेलिकोप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष विकले जानकारी दिए।

      उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय अछामको समन्वयमा उद्धार गरिएको हो।

        कमेन्टहरु